विशाल पनेरू ,
उदासीनताको घुम्टो ओढेर कसैले बादललाई सोध्यो,”जीवन के हो ?” आकाशमा उड्दै गरेका चराले एक अर्कालाई नियाले । केही चिरबिर चिरबिर आफै बोले । के बोले उस्ले बुझेन । तर अस्ताउदै गरेको सुर्यले धर्तिलाइ जुन सुन्दर रङ्ग दिएर अस्ताउदै थियो, त्यो हेर्दै उ हरायो जीवन भित्र, जिवनको मौनता भित्र खासमा भन्ने नै हो भने आफै भित्र ।
कलकल बगिरहेको नदि सङ्गै थियो मेरो पाइला । आकाशमा थरीथरीका चरा उड्दै थिए ।आकाशले अक्सर जिवनको कथा बोक्छ ।आकाश जस्को कुनै अन्त्य छैन, न त सुरुवात नै छ अनि न त सायदै आफैमा कुनै अस्तित्व नै, र पनि जति जति समय बित्दै जान्छ त्यति त्यति उस्को निराकार आकार फैलदै जान्छ । अचेल मलाई पनि आकाश हुनु र नहुनु उस्तै झै लाग्न थालेको छ । मान्छेको मन पनि आकाश हो । आकाश जस्ले बोकेको छ युगौ देखिको करडौ कुरा, जहाँ छन अरबौ कथा, इतिहास, शुरूवात देखि अन्त्य सम्मको ।
यो संसारमा केही कतै जाँदैन । सबै रहिरहन्छ हावा सङ्गै उड्दै, पानी सङ्गै बग्दै ।
हिड्दै गर्दा धर्ती पछाडी छुट्दै जाँदै थियो तर आकाशको चन्द्रमा म सङ्ग हिडिरह्यो । चन्द्रमामा कालो दाग थियो । सानामा मलाई लाग्थ्यो त्यो दाग होइन छाया हो कुनै ठुलो रुखको, यदि छाया होइन भने पृथ्वीको जङ्गलहरुको रिफ्लेक्सन होला झै सोच्थे।
एकदिन भर्खरै तोते बोली फुटेको दादाको छोरीलाई आकाशमा बादल देखाउदै सोधेको थिए, छोरी त्यो माथी के हो बाबा ?
टाउको माथी उठाएर हेर्दै हात पुरै फिजाएर हसिलो मुख लगाउदै उस्ले भनेकी थिइ, “बादल हो, बाबा” ।
आकाशमा बादल कसरी आउँछ छोरी ? मैले फेरि सोधे ।
उ त्या तल एउटा मान्छे आगो बाल्छ, उस्ले डाडाको फेदमा देखाउदै भनेकी थिई, अनि त्या बाट धुवा हुरुरु माथि जान्छ बाबा ।
मलाई अचम्म लाग्यो। मेरो आश्चर्यको सिमा थिएन । उ कति खुशी अनि सन्तुष्ट थिई ।मान्छे हासेर उडाउन सक्छन होला बच्चाको कुराहरु तर खुशी बिरलै हुन सक्छन ।
मान्छेहरु त साइन्सको थ्योरी घोटेर आउन बेर लगाउदैनन अनि अरु माथि थुपार्न र पनि उनिहरुको मुहारमा असन्तुष्टिको गहिरो भाव मजाले देख्न सकिन्छ । थाहा नभएको कुरालाई पनि थाहा भए जस्तै गरेर मान्छे आफुले आफैलाइ आफैबाट टाढा गरिरहन्छन। उनिहरुलाई थाहानै छैन केहि थाहा नहुनुको आनन्द बारे। क़ेहि थाहा नहुनाले त्यो कु्राबारे अझै बढि थाहा पाऊने संभावनालाई जन्म दिन्छ भन्ने उनिहरु बुझ्न्नै चाहादैनन । देखावटि अनि बनावटि जिन्दगीको एउटा यस्तो जाल भित्र छिर्छन जसबाट निक्लन डर लाग्न थाल्छ उनिहरुलाइ । उनिहरुलाई थाहा हुन्छ त्यो कुरा तर डरले र ग्लानीले स्विकार्न सक्दैनन। उनिहरु अस्तित्व बनाउन मात्रै बाच्छन अनि त्यो बाहेक कुनै उत्तर नै हुदैन ।तिमी उनिहरु जस्तो नहुनु, आफै जस्तो हुनु । साच्चै भन्ने हो भने बाच्ने के को लागि ? कसैलाई थाहा नै छैन थोरै मान्छेहरु बाहेक। सन्सारमा ९० प्रतिशत मान्छेहरु सुतिराखेका छन। सुत्नु भनेको नि्दाऊनु मात्रै होइन नि। जिवन भएर आईसके पछि, जिवनको बोध र जिवन प्रति जागरुक नहुनु पनि त सुत्नु हो। साच्चै भन्ने हो भने ति मरिसकेका मान्छे हुन। ति मान्छे जो सिक्न चाहदैनन। थाहा छ, सिक्ने चाहनानै नभएका मान्छेहरुमा उर्जा नै हुदैन जिवन जिउन। जिवन त उर्जाको सङ्गम हो।
एकछिन रोकिएर आफैलाइ सोध्ने फुर्सद सम्म छैन मान्छेलाई अनि उनिहरुले केही कुरा पनि सोध्ने भनेको आफुलाइ सेटिस्फाइ गर्ने एउटा झुठो क्षणिक उत्तरको लागि मात्रै हो । केही लामो समय सम्म एउटा प्रश्न सङ्ग अडिन कहिले आएन हामिलाइ ।
जीवन प्रति उत्सुकताको चरम सिमामा हुन्छन बच्चाहरु तर हामी बिस्तारै उनिहरुलाई खेल बनाएर खेलाउदा खेलाउदै हामी आफै जस्तै बनाइदिन्छम । उत्सुकताले सिखाईलाई जन्म दिन्छ, अनि ढोका खोलिदिन्छ एउ्टा नया आयामको। एउटा नौलो जिवन उर्जा थपिदिन्छ, पुर्ण रुपमा जिवनलाई बाच्न। बच्चाहरुलाई हामी थोरै प्रेम देखाउछौ अनि धेरै डर, त्रास, कम्पेरिजन । खासमा जिवनको अगाडि त हामि सबै पनि बच्चा हौ।
आकाशमा एउटा तारा टुट्दै गरेको देखियो । रफ्तारमा तल झर्दै बिलायो कतै आकाशमै । करडौ आकाशगंगा अनि अरबौ तारा हामी देख्न सक्छौ तर तिमिलाइ एउटा कुरा थाहा छ मन, सूक्ष्म बिज्ञान अर्थात क्वाण्टम फिजिक्सको अध्यनले भन्न थालेको छ संसारमा देखिने जति पनि भौतिक कुराहरु छ त्यो त अस्तित्वको ३/४ प्रतिशत पनि होइन रे । अनि हाम्रो दुख किन त्यति ठूलो? त्यो ४ प्रतिशत मा त हामी एउटा अणुको करोडौं भागको एक भाग पनि होइनौं अनि हाम्रो सोच, दुख पिडाहरुको साच्चै कुनै अस्तित्व होला र? म आफैलाइ कहिलेकाही सोध्छु अनि हराउछ मौन भित्र । यो संसारमा हामिले खोज्ने हरेक प्रश्नको उत्तर मौनमा रहन्छ सायद । चुप लाग्नु भनेको मौन हुनु होइन, मौनतामा त चुपको पनि कुनै अस्तित्व हुदैन ।
प्रकृतिले आफ्ना अशिम उर्जा श्रोतहरु र अनगिन्ती रहस्यहरु मौनले साझा गर्छ अरे । मौनताको क्षणमा हुन्छ इनफाइनाइट पोसिबिलिटी अर्थात अनगिन्ती सम्भावना ।
रात परिसकेको थियो । जङ्गलमा श्याल कराइरहेको आवाज आउदै थियो ।त्यही आवाज सङ्ग एउटा गहिरो शान्ती पनि आयो हावा सङ्गै बगेर । जङ्गलबाट स्वा आवाज गर्दै हृदयलाइ मौन तर्फ धकेल्ने एउटा गहिरो आवाज जस्को बारे भन्न शब्द कम पर्छ र सायद न त त्यो अवस्थालाइ शब्दले बयान नै गर्न सकिन्छ । शब्दको एउटा सिमा हुन्छ, असिमित कुराहरु त शब्दले बयान गर्न बिरलै सकिन्छ । थाहा छ नी हिमाल शब्दले हिमालबारे भन्न सक्दैन उस्ले त एउटा आकृती मात्रै कोरिदिने हो हाम्रो दिमागमा । हामी कुनै कुरा पनि त्यस्को आकृती बिना सोच्न सक्दैनौ । सायद त्यही भएर हामी याद बाहेक केही हुन सकेनौ । झ्याउकिरी हरु कराउदै थिए । यता उता मान्छेहरु थिएनन । जे थियो जुनेली रात थियो ।जुनेली रातमा प्रकाशमान जङ्गल, कच्ची बाटो अनि थियो हृदयलाइ प्रेमले भर्ने शुन्यता ।आजकल जादुपुरमा हर्ष छैन । मान्छेको मुहारमा बेचैनी र छटपटाहट बाहेक केही देखिदैन । कसैलाई हिड्न त आउँछ जिवनको बाटोमा तर रोकिन आउदैन अनि कसैलाई रोकिन त आउँछ तर हिड्न आउदैन । उनिहरुको खोज खुशी हो, तर उनिहरुले बिर्सिसके उनिहरु आफै खुशी हुन ।
जादुपुर अचेल मसानघाट झै लाग्न थालेको छ मलाई । शान्त त छदै छैन । मौनताले पनि डर, बेचैनी र छटपटाहट बाहेक केही दिदैन उनिहरुलाइ । उनिहरुले बिर्सिसके एक्लोपनले लिएर आउने मौनताबारे जो सङ्ग आनंद पनि आउँछ । उनिहरुले बिर्सिसके शून्य हुनु आफैमा पुर्ण हुनु हो । पुर्णता शुन्य हुन्छ अन्त्यमा अनि शुरुवातमा शून्य पुर्ण हुन्छ ।
काम गरिसकेर जिन्दगीभर आफुले हिड्नु पर्ने बाटो बारे सोच्दै आँखा बन्द गर्दा आत्म सन्तुष्टि पाउछु । आगो नजिक भएर आफू भित्र को आगोबाल्दै जब आँखा बन्द गर्छु एउटा मीठो मिर्त्यु पाउछु । यतिकै हराउदै हिड्दा हिड्दै कुनै दिन म पाउनेनै छु तिमिलाइ । सिमलको ओतमुनी जीवन बनेर । आँखा बन्द गरेर म यतिकै हराउने छु । थोरै समय देउ, मेरो जाने समय नजिक छ त्यो बेला सम्म मैले मर्न सिक्नु छ आनन्दित भएर अस्तित्वमा मेटिन ।
हार्नको लागि अब म सङ्ग केहि बाकि छैन। अनि जित्नको लाग़ि म सङ्ग आफु बाहेक कोहि छैन। अहिले भर्खर त सुरुवात पनि भएको छैन। म फेरि आऊने छु इस्किया शहरको कथा लिएर। अब अलि फरक। इस्किया सहर जहाँ कहिले घाम अस्ताउदैन ।