विराटनगर – मोरङको रतुवामाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूकाे प्रदेश जनस्वाथ्य प्रयाेगशालमा परीक्षण गरिएकाे थियाे । शुक्रबार संक्रमण पुष्टि भएकाहरु भारतको विभिन्न स्थानबाट आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।
रतुवामाईमा यस अघि २ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई मोरङको गोठगाउँमा निर्माण गरेको अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताए । यो संगै मोरङमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमा विराटनगर महानगरपालिकाका ३, रंगेलीका २, रतुवामाईका ८ र सुन्दरहरैचाका १ जना छन् ।