धनकुटा – सोमबार रातिदेखि भएको अविरल वर्षाको कारणले गर्दा धनकुटा जिल्लाको लेउति खोलामा आएको बाढीले सडक बगाएको छ ।
सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध छ।
लेउती खोलाको बाढीले धरान धनकुटा सडकखण्डमा पर्ने फेदीमा ५० मिटर सडक बगाएको छ । मंगलबार साझ पानीको वहाव बढेपछि लेउती खोला सडकमा पसेको थियो।
सडक अवरुद्धको कारण हजारौ यात्रुहरु अलपत्र परेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति नभएको कारण सडक कहिले खुल्ने भन्नेबारे यकिन भएको छैन ।