धनकुटा – अबिरल वर्षाको कारण लेउती खोलाको बाढीले बगाएको कोशी राजमार्ग अन्तर्गतको धरान -धनकुटा सडक २२ घण्टापछि पुनः सुचारु भएको छ । सडक डिभिजन कार्यालय , जिल्ला प्रहरी, ट्राफिक प्रहरी तथा नेपाली सेनाको संक्रियतामा बुधबार दिउसो करिब १:४० बजेदेखि राजमार्ग अस्थायी रुपमा सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाइएको हो। लेउती खोलाको बाढीले मंगलबार साझ साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदिमा करिब ५० मिटर सडक बगाएको थियो। जसको कारण हजारौ यात्रुहरु अलपत्र परेका थिए । लेउती खोलामा अहिले पनि बालुवाको लेदो बगिरहेको छ ।