मधुमल्ला – नेपाली कांग्रेस मिक्लाजुङले गत कार्तिक पहिलो साता पहिरो बाट प्रभावित बनेका मिक्लाजुङ वडा नं. १ का १५ घर परिवारलाई खाद्यान्न साहयोग उपलब्ध गराएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पहिरो पीडित परिवारहरुलाई चामल, नुन, तेल लागयतका खाद्यान्न सामग्री उपलब्ध गराएको नेपाली कांग्रेस मिक्लाजुङ सहसचिब विमल कुवंरले बताए । मिक्लाजुङ गाउँपालिका वडा नं. १ को खोला गाउँका १५ घर पहिरो पिडीतलाई अवस्था हेरी ३ देखी ५ बोरा सम्म चामल र अन्य नुन,तेल लागयत अत्यावस्यक खाद्य सामग्री उपलब्ध गराएको र आगामी दिनमा आवस्यक परे थप सहयोग गर्ने नेपाली कांग्रेस मिक्लाजुङका सभापती बविकुमार राईले बताए ।
दुर्गम गाउँका जनताहरुको दुखमा सकेको सहयोग गर्न नेपाली कांग्रेस मिक्लाजुङ सधै निरन्तर लागि पर्ने सभापती राईले बताए । दशैं तिहार अगाडी नै सहयोग गर्ने योजना रहेपनी बाटोको केही असुवीधा रहेकाले केही दिन ढिला भएको राईले बताए । उक्त खाद्यान्न नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अजुर्न तुम्रुक र नेपाली कांग्रेस मिक्लाजुङ सभापति बबिकुमार राईको बिषेश सहयोगमा उपलब्ध गराएको नेपाली कांग्रेस मिक्लाजुङ सचिव दिपक श्रेष्ठले बताए । खाद्यान हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस मिक्लाजुङ र नेपाली कांग्रेस क्षेत्रीय सचिव पर्वत राईको समन्वयमा भएको थियो । सहयोग वितरण कार्यक्रममा नेपाल तरुणदल मिक्लाजुङ वडा नं. ९ सभापती उदीप श्रेष्ठ, वडा सभापती दीपक राई, मिक्लाजुुङ उप सभापती भवानी राई, सभापती बवि कुमार राई, नेका क्षेत्रीय सचिब पर्वत राई लगायतको उपस्थिती रहेको थियो ।