मृतकहरुले पर्खिन सक्नेछन् ,
समय नहुने जिउँदो सँग हो।
कुसाग्र बुद्धिवालहरु हतारिन्छन्,
निर्जीव निर्बृत शान्त ।
क्रान्तिको मालिक हुन्छन् त कोहि,
खोजी त यहाँ पुजारीहरुको हो।
नग्न शरीरमा पुतलीको उपस्थिति अनि घामकिरण
कामुक क्रान्तिबाट निर्मित सुन्दर भग्नावशेष,
टुटेको विकासको छुट्टिएको पाङ्राहरु,
यि त सबका सब समाजवादको अविरल ध्वनि हुन।
उनको स्वेरकल्पनाको स्वर्गमा अप्सराहरु स्वस्वासित छन्,
रात्रीकालिन भोज को सृङारमा ब्यस्त छन,
युटोपियन स्वर्ग निर्माणमा मग्न छन्,
आस्चर्य !
क्रान्तिकारी रोमान्सको सुखद अन्त्य भेटिन्छन् र यहा?
जनवादि गीतमा फ्रिडा र ट्रट्रस्किको न्यास्रो नाच देखेका छन दुनियाँ जहाँ ।
मार्क्सको चिहाननेर अन्तर्ध्यानमा डुबेका हामी,
छुटयौला के साम्यवाद कि समाधी ?
अग्निपरिक्षा लिनेछन स्मिथ र रिकाडोले हाम्रो,
असफल क्रान्तिको असिमित परिवर्तन ,
लालसलाम निजि सम्पत्ति छ हाम्रो।
लक्ष हाम्रो एकै हो,
देवकोटालाई पागल बनाउनु छ।
गोर्कीको पावेललाई सहिद बनाउनु छ,
भयानक सुन्दर शान्त विशाल कम्युन बनाउनु छदैछ ।
– सत्यम राई , इलाम