लेटाङ्ग – नेपालको तल्लो भागबाट हिपहप विधाको सङ्गीतलाई प्रवर्धन गर्ने उद्धेश्यले भेन्चरिङ हिपहप नामक सांगीतिक परियोजनाको शुरुवात गरिएको छ।
एथनोम्युजियोलोजिस्ट अनिकेत ठाकुरको विचारमा फ्रीलान्सर मनेश पोखरेल ,र्यापर तथा ट्याटु कलाकार अशोक लिम्बु र संगीतकार आशिष श्रेष्ठसँगको छोटो चिया वार्ताले यो परियोजना तय भएको हो ।
यस परियोजनामा कलाकारहरूको आफ्नो क्षेत्र भित्रको जीवनशैली र तिनीहरूको हिपहप कलामा केही आशा जगाउने वृत्तचित्र समावेश छ।
साथै, यदि परियोजनालाई हाम्रो समाजमा सकारात्मक छवि सृजना गर्न कुनै कार्यक्रम वा एबं प्रकारका क्रियाकलाप आवश्यक छ भने, भेन्चरिङ हिपहपले प्राय: एउटै स्थान वा अन्य क्षेत्रबाट पनि संगठनसँग सहकार्य गर्ने गरेको छ ।
भर्खरै मात्र भेन्चरिङ हिपहपले लेटाङ लाइब्रेरी र लेटाङ हिपहप समुदायसँगको सहकार्यमा तथा त्यस ठाउँका स्थानीयवासीहरुको सहयोगमा वृत्तचत्र निर्माण र हिपहप सम्बन्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यस परियोजनालाई लक्षित गर्दै भेन्चरिङ हिपहपका संयोजक अनिकेत ठाकुर आफ्नो विचार राख्छन् , “एउटा दृढ विचारका साथ हामीले संगीतको लक्ष्य र विषयवस्तुलाई नेपालभर निर्माण गर्न सक्यौं भने हरेक संगीतकार र संगीतप्रेमीको ठूलो सफलता हुनेछ र संगीतप्रतिको भ्रमलाई क्रान्तिकारी परिवर्तन गर्न पनि मद्दत गर्न सक्छ । ”