काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्धवारी घोषणा गरेका छन्। राप्रपाको मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदका नेता धवलशमशेर राणासँग गठबन्धन गरेर उम्मेदवारी दिने भएका हुुन् । राणा पार्टीको महामन्त्रीमा उठ्ने भएका छन् । चर्चित नायिका रेखा थापा पनि उपस्थित रहेको उम्मेद्धवारी घोषणा कार्यक्रममा नायिका थापाले पनि लिङ्देनलाई समर्थन गरेकी छिन् । कार्यक्रममा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङदेनले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको र अब पनि नेतृत्व परिवर्तन नभए आफुहरु प्रजा परिषद्को बाटोमा जाने बताएका छन् । अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा कसैको विरुद्धमा नभएको पनि उनले स्पष्ट परे ।