चितवन – शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्। उनी हेलिकप्टारमा चितवन जाने तय भएको छ । अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्। प्रचण्डलाई महाधिवेशनको उद्घाटनमा सहभागी हुन एमाले नेता राजन भट्टराईले केहि दिन अघि प्रचण्ड निवास खुमलटार पुगेर निम्तो दिएका थिए। शुक्रबार काभ्रेमा दुई कार्यक्रममा सहभागी हुने पूर्वनिर्धारित भएकोले प्रचण्ड उपस्थित हुन नसक्ने प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले महाधिवेशनको निम्तो नै दिएको छैन।
नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ जहा पाँच लाख सहभागी गराउने लक्ष्य नेकपा (एमाले)ले राखेको छ। एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म हुँदैछ ।