चितवन – प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चितवनमा शुक्रबारदेखि शुरु हुन लागेको नेकपा (एमाले)को १०औं महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिएका छन् ।
राई एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका थिए ।