विराटनगर -सिक्किमेली नेपाली साहित्यका सुपरिचित गजलकार तथा कवयित्री जीविका खतिवडा ( जिविका अश्रु ) द्वारा लिखित कवितासङ्ग्रह ‘भोकको भाइरस’ विराटनगरमा आज विमोचन गरिएको छ । संग्रहमा विभिन्न शीर्षकका ४५ वटा कविता संग्रहित छन् । राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु सरला चापागाईं, रामबाबु दाहाल, राष्ट्रसेवक सहकारीका अध्यक्ष जीवन काफ्ले लगायतले संयुक्त रुपमा कवितासङ्ग्रह विमोचन गरेका थिए । धरानका कवि कृष्ण खत्याडीले रचना वाचन साथै कविको परिचय पनि दिएका थिए भने कथाकार भवानी प्रसाद पोखरेलले कविको परिचय दिएका थिए। विमोचित कृतिका विषयमा डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालले समीक्षा गरे ।
यसै अवसरमा आयोजना गरिएको सिर्जना वाचनमा कवि सुमन पोखरेल, सीमा आभाष , भरत गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, हेमन्त निरौला, लक्ष्मी स्मृति, जमुना पौडेल, सविना श्रेष्ठ, अम्विका खरेल, सुमन गुरागाईं, शारदा कार्की, राधा भट्टराई, भवानी पोखरेल, लक्ष्मी स्मृति, अजिता प्रधान, मञ्जु घिमिरे दाहाल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दाच बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
कवयित्री जिविका अश्रु सिक्किम गजल मंचकी संस्थापक अध्यक्ष हुन् भने अभियान साहीत्य समिति , पुर्व सिक्किम लगायतका संघसंस्थासंग आवद्ध हुनुका साथै हिन्दि साहित्य सेवा समितिकी संस्थापक सदस्य पनि हुन् । वि स २०५३ श्रावनदेखि विराटनगरबाट अनुसन्धान साप्ताहिकबाट फुटकर रचना शृंखला शुरु गरेकी उनको ‘भोकको भाइरस ‘ २०७८ बाहेक ‘अक्षर प्रेम ‘ (गजल संग्रह, वि स २०७३ ) र ‘शब्द शिविर ‘ ( संयुक्त गजल संग्रह २०७४ ) प्रकाशित छन भने ‘ भाडाका मलामी ‘ गजल संग्रह प्रकाशोन्मुख छ ।