काठमाण्डौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि शनिबार दिउँसो करिब १२ बजे सुरु भएको मतदान राति साढे ११ बजे सकिएको थियो । अहिले राप्रपाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
प्राप्त जानकारीअनुसार ४४९ मत गनिसक्दा लिङ्देन ७५ मतले अगाडि देखिएका छन् । अहिलेसम्म लिङ्देनका पक्षमा २६२ र कमल थापाका पक्षमा १८७ मत आएका छ । जानकारी अनुसार कूल ३८७३ मत खसेको छ।
राप्रपाको नयाँ नेतृत्व लिन लिङ्देन र थापाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका हुन्।