सविन घिमिरे ,
ठूला तथा भित्री सडकमा फुटपाथ अतिक्रमणले ट्राफिक जाम र सडक दुर्घटनामा सघाउने गरेको छ । तपाइँको शहरको फुटपाथको अवस्था कस्तो छ हामीलाई अवश्य बताउनुहोला । आज म विराटनगरको एक विकराल समस्याको रुपमा रहेको फुटपाथ अतिक्रमणको चर्चा गर्नेछु । विराटनगर नेपालको ठुलो शहरहरुमध्येको एक हो । प्रदेश न १ को राजधानी विराटनगरको सडकको फुटपाथको अवस्था दयनिय रहेको छ । यहाको प्रायजसो ठाउमा पैदलयात्रुले ज्यान जोखिममा राखेर बाटोमा हिड्नुको विकल्प छैन । फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुहरू सडकमा हिड्नु यो शहरमा सामान्य देखिन्छ। के शहरका फुटपाथ अतिक्रमण गर्न पाइञ्छ ? सर्वसाधारणहरुले आफुलाई सुरक्षित राख्नको लागि सडकपेटीमा हिड्न पाउने अधिकार सुनिश्चित गर्न पाएका छन् ?
विराटनगरमा सडकपेटिमा एउटा शारीरिक शक्त व्यक्तिको लागि पनि हिड्न कठिन छ भने अपाङ्ग व्यक्तिहरुले फुटपाथमा सजिलै हिड्न सक्छु भन्नु एउटा सपना जस्तो बनेको छ । विराटनगरको हकमा सडकपेटिकाहरु विभिन्न किसिमले अतिक्रमण भइरहेका छन् । विगतका वर्षहरुझैँ सडकपेटिमा विभिन्न व्यव्सायहरुबाट सडक पेटिका अतिक्रमण भएका छन् । व्यापारी तथा सर्वसाधारणकै पनि निर्माण सामाग्री राख्ने थलोको रुपममा सडकपेटी बनाइएको हुदा विराटनगरको धेरै जसो सडकपेटी वालुवा , इटा , गीति जस्ता निर्माण सामाग्रीले ढाकिएका हुन्छन । यसले गर्दा पैदलायात्रुहरु सडकमै हिड्न बाध्य छन् ।
कति फुटपाथ त यस्ता छन् जसले सर्वसाधारणलाई डरलाग्दो खाल्डोमा डोर्याउछ ।यसले पैदलयात्रुहरुको ज्यान झनै जोखिममा पारको छ । धेरै जसो फुटपथहरुको उचित संरक्षण र सरसफाइ नहुदा फुटपाथ गायब भएका छन् । फोहोर फाल्ने डम्पिङ्ग साइट बन्दै छन् हाम्रा सडक पेटिहरु । सडकपेटीमा थुपारिएको फोहोर तथा ढलको दुर्गन्धले हिडीसक्नु छैन । यसको सरसफाई तथा निर्माण तथा पुननिर्माणमा सम्बन्धित निकायको ध्यान गएको छैन। यहाका सडकपेटीमा विशेष गरेर मोटरसाइकल , साइकल तथा गाडी बनाउने स्थानको रुपमा विभिन्न वर्कशपले प्रयोग गर्नुका साथै व्यापारीहरुले आफ्नो पसलको सामाग्री सडकपेटिमा राखेर पनि सडकपेटी अतिक्रमण गरेको पाइएको छ । सडकपेटिको विभिन्न कारणले अतिक्रमण भएको कारण विद्यार्थी , बालबच्चा , वृद्ध, अपाङ्ग तथा अन्य नागरिकहरु सडकमा हिड्न बाध्य छन् । यसको कारण पैदलायात्रीहरुको जीवन दुर्घटनाको जोखिममा परेको देखिन्छ । फुटपाथ अतिक्रमणका कारण पैदलायात्रुहरुले सडकको प्रयोग गर्नु पर्ने वाध्यात्मक स्थिति सिर्जना हुन्छ जसले गर्दा दुर्घटनाको जोखिम विराटनगरमा बढेको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का बताउनुहुन्छ ।
त्यस्तै विगतमा भन्दा वर्तमान अवस्थामा फुटपाथ अतिक्रमण घटेको भएपनि व्यापारीहरुले फुटपाथ अतिक्रमण गर्नु हुदैन भन्ने कुरामा सुधार नआएको विराटनगरका नगर प्रहरी निरीक्षक राजन पौडेल बताउनुहुन्छ । उहाको अनुसार सडक अतिक्रमण गर्ने व्यापारीहरुलाई विभिन्न समयमा नगरपालिकाले जरिवानासहितको कारवाही गरिरहेको छ ।
विभिन्न मिडियाले विभिन्न समयमा सडपेटि अतिक्रमणको विषयमा कुरा उठिरहेका छन् । तर पनि यो समस्या किन झनै विकराल बनेको छ ?
जबसम्म यहाका व्यापारी तथा अन्याहरुमा सडकपेटी अरुले पनि प्रयोग गर्नुपर्छ र हामीले यसको लागि स्थान अतिक्रमण गर्नुहुदैन भन्ने मानसिकता आउदैन तबसम्म यस्ता समस्या विद्यमान रहन्छन । त्यसैले हामी सबै नगरवासीको सहकार्यले गर्दा सडकपेटि अतिक्रमण हटाई पैदलायात्रीहरुको ज्यान जोखिममा पर्नबाट बचाउन सक्छौ । त्यसैले सडकपेटी अतिक्रमण रोक्न आजैदेखि हातेमालो गरौ ।