विराटनगर – लियो क्लब अफ इटहरी प्रोफेसनल इन्जिनियरिङ र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सक्रिय एम आर आरका सदस्यहरूको संयुक्त सहयोगमा असाहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। समूहका युवा र पूर्वाञ्चल क्याम्पसका विद्यार्थी तथा भूतपूर्व विद्यार्थीहरुले आफ्नो चाहना अनुसार आर्थिक सङ्कलन गरी पेन्सिल ,इरेजर, सार्पनर, कलर पेन , लेमिनेटेड चार्ट , लुडो , बल, ब्याडमिन्टन , चेस् जस्ता शैक्षिक तथा खेल सामाग्री नी: सहाय बालबालिका सेवा आश्रम इटहरीका बालबालिकाहरुलाई आज हस्तान्तरण गरेको हो।एम आर आर को दशौँ वार्षिकोत्सवको उपलक्षमा आफूहरुले सानो सहकार्य गरेको एम आर आरका सदस्य जोरस दाहालले बताएका छन। समूहले भानुचोक स्थित एकजना अपाङ्ग व्यक्तिलाई तौल जोख्ने मेसिन पनि उपलब्ध गराएको छ। कसैलाई मागेर भन्दा व्यापार गरेर खानुपर्छ भन्ने शिक्षा दिंदै पैसाको साटो सो मेसिन उपलब्ध गराएर रोजगारको बाटो देखाउने सानो प्रयास गरिएको दाहालले बताए।
एम आर आर ( मेन्स रुम रिलोडेड ) फेसबुकमा सक्रिय समूह हो। यस समुहमा पुरुष युवाहरु जोडिएका छन् । सामाजिक सेवामा सक्रिय रहेको एम आर आरले आज अर्थात् डिसेम्बर ११ मा विभिन्न ठाउहरुमा कार्यक्रम गरी आफ्नो १० औ वार्षिक उत्सव मनाएको छ ।