काठमाण्डु- चिट चोर्न नदिएको भन्दै काठमाडौंको आरआर क्याम्पसका एक विद्यार्थीले प्राध्यापकलाई कुटपिट गरेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका कुवेर जेठाराले कलेजका प्राध्यापक प्रकाश पुडासैनीलाई कुटपिट गरेको बताइएको छ ।
पुडासैनी ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका छन्। कुटाइ बाट उनको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । कुटपिट गर्ने विद्यार्थी फरार रहेका छन् ।