सविन घिमिरे / विराटनगर – सरकारले बढाए अनुसारको तलब जहदा गाउँपालिकाले नदिएको भन्दै आन्दोलन गरिरहेका मोरङ जहदा गाउँपालिकाका इसिडि शिक्षक , सहयोगी तथा कर्मचारीहरुले अन्तत: बढ तलंब पाउने भएका छन् । जहदा गाउपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत वालविकास स का र विद्यालय कर्मचारीहरुको बढ तलव पालिकाले वेहोर्नु पर्ने रकम रु ७००० प्रति महिना माग गर्ने सवालमा नेपाल शिक्षक महासंघ जहादाले पुष १४ देखि निरन्तर आन्दोलन गरिरहेका थिए । पुष २१ मा गाउँपालिकाले दिएको निर्णयमा चित्त नबुझेको भन्दै पुष २२ गते गाउपालिकाको सम्पूर्ण विद्यालय वन्द गरी पिडित शिक्षक तथा कर्मचारी लगायतकाले गाउपालिका अगाडी धर्ना दिएका थिए । यस क्रममा पुष २२ गते जहदा गाउपालिका प्रमुख कैलाश प्रसाद मण्डल , उपाध्यक्ष सालो शाह तथा शिक्षक महासङ्घ पदाधिकारी घटक संस्थाका अध्यक्षहरु गरी १२ जनाको रोहवरमा विहिबार साझ जहदा गाउपालिका र नेपाल शिक्षक महासंघ जहदा विच भएको सहमतिले पालिकाले थप्नु पर्ने रकम नगद २०७८ माघ देखि व्यवस्था गर्ने र आर्थिक वर्ष २०७८ श्रावण महिनादेखि पुष महिना ( दशैँ खर्च समेत ) सम्मको वृद्धि रकम आगामी आर्थिक वर्ष २०७९/८० को वजेट व्यवस्था गरी भुक्तानी गरि आउदो गाउँ सभाबाट निर्णय गराउने निर्णय गरेसंगै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
आर्थिक वर्ष २०७८ ०७९ को बजेट भाषणमार्फत तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका थिए । पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै बालविकास सहयोगीको तलब बढाएर ८ हजार पुर्याइएको र बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार पुर्यायएको जानकारी दिएका थिए। बढेको नयाँ तलवमान अनुसार विद्यालयका कर्मचारीले न्युनतम ८ हजार,इसिडि शिक्षकले न्युनतम १५ हजार पाउनेछन। यसको कार्यनवयनको लागि केन्द्रिय सरकारबाट ८ हजार र स्थानीयतहबाट ७ हजार दिनुपर्ने अनिवार्य गरिएको छा । तर जहदाका इसिडि शिक्षक , सहयोगी तथा कर्मचारीहरुले केन्द्रिय सरकारले पठाएको रकम मात्र पाउदै आएका थिए ।