सविन घिमिरे / विराटनगर – विराटनगर स्थित ‘हाम्रो अभियान’ नामक टिमले न्यानो लुगा वितरण अभियानलाई निरन्तरता दिदै सनिबार विराटनगर-१२ मा रहेको एक विपन्न वस्तिमा ३०० जना लाई न्यानो कपडा अन्तर्गत स्विटर , ज्याकेट , कोट इत्यादी वितरण गरेको छ । टिमले यस अभियानको लागि लगाउन उपयुक्त कपडाहरु संग्कलन गरिसकेपछि त्यसलाई प्याकिङ गरेर कपडा खाचो परेकाहरूलाई विगतका वर्षहरुमा पनि प्रदान गर्दै आएको छ । गत सनिबार पनि हाम्रो अभियान टीमले विराटनगरस्थित शनि मन्दिर अगाडि २०० हाराहारी संख्यामा न्यानो कपडा वितरण गरेको थियो भने कोभिडको कारण निम्तिएको लकडाउनमा १२० दिन बिहान बेलुका सडकपेटिमा बस्नेहरूलाई खाना खुवाएको थियो।
हाम्रो अभियान टिमले आफ्नो सदस्य तथा साथीभाई र ईच्छुक दाताहरुबाट आर्थिक तथा सामाग्री संग्कलन गरी विभिन्न समाजसेवाका कामहरु गर्दै आएको छ ।
आर्थिक अवस्था कमजोर भएको कारण कसैको चिसोको कारण शारीरिक हानी नहोस भन्ने हेतुले न्यानो कपडा वितरण गरिरहेको हाम्रो अभियानका सदस्य विशाल शाहले बताएका छन् ।