काठमाडौ पुतलीसडकस्थित रहेको मेरीगोल्ड गर्ल्स होस्टेलमा विद्यार्थीहरुलाई दुर्व्यवहार भएको गुनासो आइरहेका छन्। केही दिन अगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा होस्टेल सञ्चालिका अश्मिता न्यौपाने र एक छात्राविच विवाद भएको छ। सो विषयमा बुझ्नका लागि हाम्रो संवाददाताले होस्टेल सञ्चालिका अश्मिता न्यौपानेसँग फोन अन्तरवार्ता लिएका थिए। सो अन्तरवार्तामा सञ्चालिका न्यौपानेले त्यो सामान्य विवाद भएको र विद्यार्थीले होस्टेलको नियम पालना नगरेको कारण विवाद भएको बताएकी थिइन्। उनका अनुसार होस्टेलको नियम अनुसार कसैले होस्टेल छाड्नु परे १५ दिन अगाडि जानकारी गराउनु पर्छ र १५ दिन बसेरै होस्टेल छाड्नु पर्ने हुन्छ। भिडियोमा देखिएकी छात्राले होस्टेल छाड्ने कुरा जानकारी गराएको तर ३ दिनमै घर जाने भनेकी थिइन्। होस्टेल सञ्चालिका अनुसार सो छात्राले १५ दिन अगाडि जानकारी गराएपछि १५ दिन बस्नै पर्ने भएको कारण उनले जानकारी गराएको ३ दिनमै जान्छु भनेपछि विवाद भएको हो।
होस्टेल सञ्चालिकाको फोन अन्तरवार्ता प्रशारण भएपछि हामीलाई सो होस्टेलमा बसिरहेका र पहिला बसेका विद्यार्थी साथै अभिभावकले समेत होस्टेलले पहिलादेखि दुर्व्यवहार र ठगी गर्दै आएको बताएका छन्। हामीले अझै पनि सो होस्टेलमा पहिला नै बसेर गएका विद्यार्थीहरुलाई समेत बुझ्ने प्रयास गरिरहेका छौं। अभिभावकले समेत हामीले प्रशारण गरेको भिडियोमा आफ्ना छोराछोरीमाथि दुर्व्यवहार भएको बताएका छन्।
गुनासो गर्ने छात्राहरुको अनुरोधमा हामीले उहाँहरुको परिचय देखाउन असमर्थ छौ तर उहाँहरुको गुनासो तथा कुराकानी हामीसँग सुरक्षित छ भने सो होस्टेलमा बसेका छात्राहरुबाट होस्टेल सम्बन्धी विभिन्न गुनासो आउने क्रम जारी छ।







