दक्षिण भारतका प्रशिद्ध नायक धनुषले श्रीमती ऐश्वर्या रजनीकान्तसंग एक अर्काबाट अलग भएको घोषणा गरेका छन् । सोमबार आफ्नो ट्वीट मार्फत धनुषले आफुहरुको १८ वर्ष देखि दम्पती , साथी, आमाबुवा र एकअर्काको शुभचिन्तकको रूपमा एकताको यात्रा समझदारी र मेलमिलापका साथ विकास भइरहेको भए पनि हाल आफुहरु अलग हुने ठाउमा उभिएको बताएका छन्। यसका साथै उनले कठिन समयमा आफ्नो र ऐश्वर्याको गोपनीयताको सम्मान गर्न अनुरोध पनि गरेका छन् ।
सन् २००४ मा विवाह बन्धनमा बाधिएको दम्पतीका दुई छोराहरु छन् । १५ वर्षका यात्रा र ११ वर्षका लिङ्ग । ऐश्वर्य भारतका ख्यातिप्राप्त कलाकार रजनिकान्तकी छोरी हुन् ।