विराटनगर – विराटनगरमा आईतबार एमसिसी विरुद्ध प्रदर्शन भएको छ । एमसिसि सम्झौता नेपाली जनताको हितको पक्षमा नरही आत्मघाती भएको भन्दै त्यसको विरोधमा आज नेकपा एकिकृत समाजवादी र जनवर्गिय संगठनको आयोजनामा प्रदर्शन भएको हो ।

एमसीसी आफैमा राष्ट्रघाती भएको र देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्नको निम्ति आफूहरु प्रतिबद्ध रहेको कारण एमसिसी खारेज हुनुपर्ने माग राख्र्दै विरोध प्रदर्शन गरिएको यूवा संघ नेपालका केन्द्रीय सदस्य साथै महानगरका अध्यक्ष सुरेन शाक्यले बताएका छन्।
जनआन्दोलन चोकबाट शुरु भएको विरोध कार्यक्रम शनिमन्दिर, जलजला चोक हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
