विराटनगर – विराटनगरस्थिति कोशी अस्पतालकि मेसु डा. संगिता मिश्रको सरुवा भएको छ । डा संगीता मिश्रलाई परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई प्रसुति गृहको जिम्मेवारी दिएका हुन्। डाक्टर मिश्र कोशी कोभिड अस्पतालमा समेत नेतृत्वमा रहेर काम गरिरहेकी थिइन् ।अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई मन्त्रालय तानिएको छ। अस्पतालको मेसुको जिम्मेवारी डा चुमनलाल दासलाई दिइएको छ।