
धरान – अन्तराष्ट्रिय एवम केन्द्रीय प्याराग्लाईडीङ्ग पाईलट तथा प्रशिक्षक देशविर जिमी याक्खामाथि निर्घात कुटपिट भएको छ। जिमीलाई प्रदेश १ प्याराग्लाईडिङ संघका अध्यक्ष भुपाल चाम्लीङ्ग र उनका समूहद्वारा माघ २९ गते दिउँसो ज्यानै मार्ने गरि साङ्घातिक आक्रमण भएको हो। धरान स्काई एडभेन्चर प्रालिले सञ्चालन गर्ने र गरिरहको खेलहरुको सन्दर्भमा भएको अनियमितताको विषयमा कुरा उठाएको कारण उनीमाथि धरान १ का अध्यक्ष रोशन अधिकारीको रोहवरमा छलफल भइरहेको बेलामा भूपाल चाम्लिङ लगायतले ढुंगा, मुढा तथा अन्य वस्तुले अन्धाधुन्ध प्रहार गरेको पीडित देशबिर जीमीले बताए।
घटना पश्चात प्रहरीले अचेत अवस्थामा रहेका उनलाई उद्धार गरी विपी स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा उपचारको लागि लगेको थियो। कुटपिटको कारण उनको टाउको , आँखा , दातजस्ता विभिन्न भागमा चोट लागेको थियो। प्रहरीले उद्धार नगरेको भए आफ्नो ज्यान नै जान सक्ने सम्भावना रहेको कुरा पीडित जीमिले प्रहरीलाई दिएको उजुरीमा बताएका छन्। उनलाई अस्पतालले डिस्चार्ज गरे पश्चात हाल घरमै आराम गरिरहेका छन्।
प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ भने भूपाल चाम्लिङ अझै फरार रहेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
देशवीर जिमी बिगत ११ बर्ष देखि अनवरत रुपमा साहसिक खेल प्याराग्लाईडिङ्गको राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिको रुपमा प्याराग्लाईडिङ उडाउँदै आएका छन्। उनी नेपाल हेण्ड ग्यारालाईडिङ्ग एण्ड प्याराग्लाईडिङ्ग संघको केन्द्रिय प्रशिक्षक र नेपाली सेनाको प्रशिक्षक समेत रहेका छन्।


