विराटनगर । विराटनगरमा रगत अभाव भएकाहरूलाई मध्यस्तकर्ताको भुमिका खेल्दै आएको इन्सट्यांट ब्लड डोनरले आफ्नो तेस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ । विष्णुमाया पुस्तकालयमा एक कार्यक्रमको आयोजना गरि आफ्नो आगामी योजना प्रस्तुत गर्दै विभिन्न व्यक्तित्व तथा सामाजिक संस्थाको उपस्थितिमा तेस्रो बार्षिकउत्सव सम्पन्न गरेको हो ।
इन्सट्यांट ब्लड डोनरले कार्यक्रममा आफ्ना सयौ रक्तदाता , सामाजिक अभियन्ता तथा अन्य व्यक्तित्वहरुलाइ निमन्त्रणा गरी मायाको चिनो र अन्य पुरस्कार बितरण गरेको थियो । कार्यक्रमा विभिन्न व्यक्तित्वहरुले संस्थालाई शुभकामना व्यक्त गर्नुका साथै संस्थालाई सहयोग गर्ने प्रतिवद्धता गरेका थिए।
संस्थाले सो अवसरमा आफ्ना सदस्य तथा रक्तदान गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो।
संस्थाले हालको अवस्थामा आफ्नै सदस्यको सहयोगमा रक्त अभावहरुलाई सहयोग गर्दै आएको र समाजका विभिन्न पक्षको सहयोग मिले संस्थाले रक्त अभावमा परेकाहरुकाई अझ प्रभावकारी ढंगले सहयोग गर्ने संस्थाका अध्यक्ष सुरेन मल्लले बताएका थिए।
इन्सट्यांट ब्लड डोनरले ३ वर्षदेखि रगत अभाव भएका विरामीहरुलाई तत्काल रगत उपलब्ध गराउँदै आएको छ।