तनहुँ – केहि दिन यता सामाजिक संजालमा धेरैले पल सर भनेका अभिनेता पल शाह विरुद्द जबर्जस्ती करणी गरेको भन्दै एक १७ वर्षीय बाल गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन । रियल हिरोको उपनामले चिनिएका शाहविरूद्ध परेको जाहेरी दर्ता भएर कानुनी प्रक्रियामा गएको प्रहरीले जनाएको छ। यो खबर विभिन्न समाचार माध्याम तथा सामाजिक संजालमा भाइरल भएपछी पल शाहलाई कति बेला प्रहरीले पक्रन्छ भनेर जनचासो पनि बढेको छ ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। नेपालको कानुन अनुसार मन्जुरी लिएको भएपनि १८ वर्ष भन्दा मुनीका कुनै पनि बालक तथा बालिकालाई सम्भोग गरेमा जबरजस्ती करणी मानिन्छ । त्यस्तै करकाप , अनुचित प्रभाव , डर , त्रास , झुक्यानमा पारि लिएको मंजुरीलाई पनि मन्जुरी मानिदैन ।
केहि दिन देखि पल शाह र ती बाल गायिका दुबैजनाले बसेर गरेको कुराकानीको अडिओ सामाजिक सञ्जालमा आइरहेको छ। उक्त अडियोमा शाहले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। तर पल शाहले मंगलबार गरेको अपिलमा त्यो अडियो आफ्नो जस्तै सुनिएपनि आफ्नो नभएको जस्तो कुरा गरेका थिए ।