लेटाङ – गत बुधबारदेखि हराइरहेकी मोरङ जिल्लाको लेटाङ –८ ज्यामिरेकी ११ वर्षकी करुणा राईको शव लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङका अनुसार खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको थियो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गरेको शवका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरेको छ ।
बालिकाको हत्याको विरोधमा ज्यामिरे क्षेत्रमा स्थानीयबासी तथा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै स्थानीयबासीले विरोध प्रदर्शन गरेका हुन् । गत बुधबार विद्यालय गएकी करुण घर नफर्केपछि वेपत्ता भएको भनेर खोजि भइरहेको थियो ।
1 thought on “गाडिएको अवस्थामा बालिकाको शव भेटियो”
Comments are closed.