काठमाडौँ – प्रहरीको फरार सुचिमा रहेका पल शाहले आज आफुलाई प्रहरी सामु आत्मसमर्पण गर्ने संकेत दिएका छन् । आफ्नो फेसबुक स्टाटसमा बिहान करिब ११ ;१० बजेको समयमा पोस्ट गर्दै अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आज ( आइतबार ) नेपाल प्रहरीसामु आफै उपस्थित हुने बताएका छन् । आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको , घरमा व्यवहार मिलाउनु परेको र ” मा यस्तो गीत गाउछु २ ” गत शुक्रबार देखि नेपाल भर प्रदर्शन भएको कारण फिल्मलाई असर नपरोस भनि आफु प्रहरीसामु उपस्थित नभएको उनले स्टाटसमा लेखेका छन् ।
पल शाह विरुद्द जबर्जस्ती करणी गरेको भन्दै एक १७ वर्षीय बाल गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन ।त्यसदिन देखि शाह फरार रहेका थिए ।