काठमाडौँ – जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास भएपनि पल शाहले आफू स्वमं जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए ।
आफ्नो फेसबुक स्टाटसमा बिहान पोस्ट गर्दै अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आज ( आइतबार ) नेपाल प्रहरीसामु आफै उपस्थित हुने बताएका थिए।