बुटवल । दाह्री ग्याङ्गले रुपन्देही र नवलपरासीमा नया कार्यसमिति चयन गरेको छ । रुपन्देहीको प्रथम जिल्ला अधिवेशनले भरत पौडेललाई अध्यक्षको रूपमा चयन गरेको छ भने उपाध्यक्षमा अशोक कुमार खनाल,सचिवमा खिमानन्द बेल्बासे, सह- सचिबमा सौगात पाठक, कोषाध्यक्षमा बिकाश श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै गत माघ १ गते सुनवल नगरपालिका बनकट्टि स्थित सहिद बिष्णु पान्डे स्मृति प्रतिष्ठानको सभाहलमा दारी ग्याङ नवलपरासीको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको थियो । दारि ग्याङ नवलपरासीका संयोजक दिपक गैरेको अध्यक्षता , दारी ग्याङका केन्द्रिय अध्यक्ष प्रदिप गैरेको प्रमुख अथित्यता , लुम्बिनी प्रदेश संयोजक गणेश पन्त लगायताका अतिथिहरु र दारि ग्याङ नवलपरासी का सदस्यहरु को उपस्थिति मा
सर्वसम्मतिका साथ नया कार्यसमिति चयन भएको थियो । अधिवेशनले दारी ग्याङ्ग नवलपरासीको अध्यक्षको रुपमा सुरेश भट्टराई , उपाध्यक्ष प्रदिप अर्याल ( ए ) , सचिवमा विक्रम भुर्तेल , उपसचिवमा कमल अर्याल र कोषाध्यक्षको रुपमा प्रदिप अर्याललाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरु दिपक गैरे , कमल बस्याल , कमल भट्टराई, कुशल पाण्डे , राम भण्डारी र राज तिमिल्सिना रहेका छन् ।