विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मार्च ८ मङ्गलबार विराटनगरमा वृह्त र्याली सहित महिला सशक्तीकरण तथा सम्मान कार्यक्रम हुने भएको छ । लियो क्लब अफ विराटनगर महानगर र लायन्स क्लब विराटनगर शुभमको सँयुक्त आयोजना तथा न्युरो कार्डियो एण्ड मल्टीस्पेशलिटी हस्पिटल सँगको सहकार्यमा उक्त कार्यक्रममा आयोजना हुन लागेको हो ।
विहान ७ बजे विराटनगरको सिटी पार्टी प्यालेस एण्ड गार्डेनबाट र्याली शुरू हुने आयोजकले जनाएको छ।
यसै उपलक्ष्यमा सम्पूर्ण “महिलाहरुको सम्मानमा ” भन्ने नाराका साथ न्युरो कार्डियो एण्ड मल्टीस्पेशलिटी हस्पिटलले एक महिनाभरि महिलाहरुको विभिन्न रोगको उपचारमा निशुल्क ओपिडी तथा अन्य छुटको व्यवस्था गर्ने जनाएको छ।