संखुवासभा – आज विहान ७;२५ बजे संखुवासभाको मादीमा भयानक बस दुर्घटना भएको छ । दुर्घटनामा परि कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली नामक बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट लगभग ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
ऋषि केशव घिमिरेले घटना स्थलबाट प्रत्यक्ष प्रशारण गर्नुभएको भिडियो यहां छ । यस भिडियो सबैजनाले हेर्न नसक्ने किसिमको हुन सक्छ। The Video may not appropriate for some viewers.