संखुवासभा – आज विहान संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्तीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । घटनास्थलमा उद्धार गर्न पुगेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले जानकारी दिए अनुसार घटनास्थलबाट स्थानिय तथा प्रहरीहरुको सहयोगमा सुवास गोले, युका पोखरेल, तुलसा कटुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको छ ।
माडीबाट झापा दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली नामक बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।