विराटनगर – नेपालभरिका जैविक उत्पादनहरु एउटै छानोमा पाउने थलो ‘अर्गानिक घर’ विराटनगरमा सोमबारदेखि सञ्चालनमा आएको छ । विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सञ्चालनमा आएको अर्गानिक घरले यस अघि जैविक उत्पादनहरु अनलाइन मार्फत विक्री वितरण गर्दै आएको थियो। ग्राहकको मागलाई सम्बोधन गर्दै अब अर्गानिक घर भौतिक रुपमा पनि आजबाट संचालन गरिएको संचालक अभिषेक गौतमले बताए । अर्गानिक घरमा जुम्लाको मार्सी चामल , इलामको चिया , विभिन्न ठाउको अचार , सिधुवाको अकबरे खुर्सानी , धनकुटा शुद्ध घिउ, तेह्रथुम , संखुवासभाको दाल , गुन्द्रुक जस्ता विभिन्न अर्गानिक उत्पादनहरु उपलब्ध रहेको गौतमले कालोपर्दालाई जानकारी दिएका छन् । हाल धेरै घरको भान्साहरुको जैविक सब्जी तथा खाद्यान्नको माग बढ्दो रहेको छ ।
‘अर्गानिक घर संचालनमा ल्याउनुभएकोमा युवा व्यवसायी अभिषेक गौतमलाई कालोपर्दा टिम बधाई दिदै उत्तरोतर प्रगतिको कामना गर्दछ ।