विराटनगर – लोकप्रिय पर्वतारोही निर्मल पुर्जा उर्फ निम्स दाइले आधिकारिक रूपमा ४ वटा विश्व कीर्तिमानको लागि लण्डनस्थित गिनिज वल्र्ड रेकर्डको मुख्यालयमा सम्मानित हुदै प्रमाण पत्र पाएका छन् । उनले ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरु सबैभन्दा छिटो आरोहण ( १८९ दिन ) गर्ने पुरुष , शीर्ष पाँच ८ हजार मिटर चढ्ने सबैभन्दा छिटो समय (७० दिन) , बोतलको अक्सिजनको साहयताले अग्लो ८ हजार मिटर चढ्ने सबैभन्दा छिटो समय (७० दिन), उच्च ८ हजार मिटरको सबैभन्दा छिटो ट्रिपल-हेडर ( ५ दिन ३ घण्टा ३५ मिनेट) को लागि गिनिज वर्ल रेकर्डमा नाम लेखाएका छन् ।
प्रमाण पत्र लिदै गर्दा उनले यो परियोजना नाम वा प्रसिद्धिको बारेमा कहिल्यै नभएको उल्लेख गरेका छन्। ‘ जब तपाईंको हृदय र जब तपाईंको आत्मा ठूलो उद्देश्यका साथ शुद्ध हुन्छ, कामहरु बन्छन। ” उनले भनेका छन्।
निर्मल पुर्जा नेटफ्लिक्स वृत्तचित्र ‘फ़ोर्टिन पिक्स , नोथिंग इज इम्पोसिबल ‘ को स्टार हुन्। २३ मे २०१९ मा ‘एक दिनमा सगरमाथाको सबैभन्दा धेरै आरोहण’ मा उपस्थित ३५४ पर्वतारोहीहरू मध्ये निम्स पनि एक थिए । सो आरोहणको उनले खिचेको फोटो विश्वविख्यात बनेको थियो ।