तेह्रथुम – तेह्रथुमकी १७ वर्षीय एक किशोरीलाई करणी गरेको अभियोगमा सुनसरी इटहरीका २४ वर्षीय युवक पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का कटुवाल थर भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आरोपित कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको उल्लेख छ । किशोरीको परिवारले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।