तनहु – नाबालिग गायिकामाथि बलात्कारको आरोपमा लागेका नायक पल शाह शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि सरकारी वकिल कार्यालय मार्फत् बलात्कार मुद्दा दायर भए संगै बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।
यस्तै प्रहरीले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई मतियारको रूपमा खडा गरी उनलाई पनि शाहको भन्दा आधा सजायको मागदाबी गरेको छ।
पिडित किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकि थिइन् ।