दुहवी – एभरेष्ट बैंक दुहबी शाखाले ‘ ग्लोबल मनि सप्ताह ‘ अन्तर्गतको वित्तिय साक्षारता कार्यक्रम आज समापन गरेको छ । सरस्वति मावि दुहबी सुनसरीमा आयोजना गरेको कार्यक्रमम एभरेस्ट बैंक प्रदेश १ का प्रबन्धक पूर्ण बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा तथा दुहवी शाखाका शाखा प्रबन्धक कृष्ण चन्द्र कर्ण , इन्चार्ज मुन्ना प्रसाद शाह लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा समापन भएको थियो ।
देशैभरि एभरेष्ट बैंकले संचालन गरेको ‘ ग्लोबल मनि सप्ताह ‘ अन्तर्गतको वित्तिय साक्षारता कार्यक्रमले बैंकिङ्ग कारोवारको बारेमा सर्वसाधारणलाई जानकारी दिई उत्प्रेरित गराउने उद्धेश्य राखेको एभरेस्ट बैंक दुहवी शाखाका प्रबन्धक कृष्ण चन्द्र कर्णले जानकारी दिए । कार्यक्रममा सरस्वति मविका कक्षा ११ र १२ का विद्यार्थी साथै प्रधानाध्यापक तेज प्रसाद तिम्सिना लगायत अन्य शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।