विराटनगर – शनिबार कोरोनाका कारण नेपालमा थप दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।मृतक पुरुष दमको रोगी तथा महिला मिर्गौलाको समस्या भएकी जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । आजै थप ३ सय २३ जनामा काेराेना पाेजिटिभ पुष्टि भएकाे देवकाेटाले जानकारी दिएका छन् ।जसमध्ये ३ सय ६५ जना काेराेना जितेर घर फर्किसकेका छन् । आजै ३२ जनाले काेराेना जितेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।