विराटनगर — प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाईलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेको खेलकुद विकास बोर्डका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो ।