काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा भारतिय नाकाबाट भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याईएको बुलेट मोटरसाइकलहरु प्रहरीले बरामद गरेको छ। नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानहरुबाट अन्दाजी मुल्य (रू.२१,००,०००/-) एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रीय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको पनि महाशाखाले बताएको छ ।
महानगरीय अपराध महाशाखा काठमाण्डौका अनुसार बरामद भएको बुलेट मोटरसाईकल नम्बरहरु निम्नानुसार रहेका छन् ।
१.सु.प.प्र ०१-००९ प २०५०
२.से.७ प.८४८९
३.प्र.०१-०४९ प ३३२६
४.बा.४९ प ९३२२
५.बा.प्र.०२-०२३-२४७४
६.सु.प्र.प्र.०१-००९प.५१६६
७.सु.प.प्र.०१-००८ प.५५९