एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकै पहिलो अर्बपति खेलाडी बनेका छन् । अमेरिकन बिजनेस म्यागाजिन ‘फोर्ब्स’ले सार्वजनिक गरेको धनी खेलाडीको सूचिको फुटबलतर्फ ३५ वर्षीय रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार क्रिस्टियानो रोनाल्डोले अघिल्लो वर्ष कर तिर्नुभन्दा अगाडि १ सय ५ मिलियन अमेरिकी डलर कमाएका थिए, जसले गर्दा उनको कूल सम्पत्ति एक अर्ब भएको हो । सो पत्रिकाको अनुसार रोनाल्डोले फुटबल करिअरमा हालसम्म १ अर्ब डलरभन्दा बढी आम्दानि गरेका छन् ।