एजेन्सी – इथियोपियाली अधिकारीहरूले देशमा वन फँडानीको नकरात्मक प्रभाव तथा मौसम परिवर्तनलाई रोक्न गत वर्ष एकै दिनमा ३५ करोडभन्दा बढी रुख रोपेको रिपोर्ट गरेका थिए जुन सम्भवतः नयाँ विश्व कीर्तिमान हुनसक्दछ। यो अभियान मे र अक्टुबर बीच रहेको वर्षाको मौसममा देशभर ४ अर्ब रूखहरू बढाउने राष्ट्रिय पहलको एक हिस्सा थियो। कार्यक्रमको तीन दिन अघि, देशभरका स्वयंसेवकहरूलाई बिरुवा दिईएको थियो जसमध्ये धेरैजसो स्वदेशी जातका तथा एभोगाडो जस्ता फलफूलका रूखहरू पनि थिए।
स्वयंसेवकहरूद्वारा रोपिएको बिरुवाहरू अधिकारीहरूले गन्ती गरेका थिए ।कर्मचारीले पनि यस अभियानमा भाग लिन सकुन भनेर सो दिन सार्वजनिक कार्यालयहरुलाई विदा दिईएको थियो । प्रत्येक नागरिकलाई कम्तिमा ४० विरुवा रोप्नको लागि प्रत्सोहान गरिएको थियो । द ग्रीन लीगेसी नाम दिईएको यस अभ्यास इथियोपियाका प्रधानमन्त्री अबी अहमदको नेतृत्वमा हजार विभिन्न स्थानहरूमा सम्पन्न गरिएको थियो ।
इथियोपियाले १२ घन्टामा ३५ करोड रुख रोपेको जानकारी इथियोपियाका इनोभेसन र टेक्नोलोजी मन्त्री गेटाहुन मेकुरियाले ट्वीटको माध्यमबाट गरेका थिए।