चुनावले स्खलित हुने फ्रस्टेड आत्माहरु
पृथ्वीको फन्को मार्न वायुपंख घोडामा सवार कुमार कार्तिके।
तिमी नै त हौ भुपि सेरचनको क्यारमको गोटि
व्यर्थको रावणको हासोको गर्जनको प्रतिध्वनि।
हे असटबक्र कपिलमुनिका गुरुवर
गार्गि र यज्ञवल्क्य बीचको बहसका निर्णायक।
सर्वज्ञाानि पुरुषार्थले हिमालमा पद्मासनमा बसेको साधक जस्तो
जग खुक्याउछौ ठानी आफु बोधिसत्व भएको ।
स्वेर कल्पनामा मग्न अस्थिर सपनाका साहुजि
आक्रोश र पुर्वाग्रह मिसिएको त्यो प्रदुषित धुवाँ।
जग हासे पो हामी हास्छौ
निस्काम कर्मको प्रवचन दिने तिमी
मन फुकाएर सक्दैनौ ति संकीर्णतालाई दिन आहुति।
फकिर गालिबलाई सम्झन्छु म
अनि द्वन्दात्मक भौतिकवाद पल्टाउछु ।
मन नबुझेपछि मुटु नहलिए पछि
विपि को आत्मकथा घन्टौ घोत्लिन्छु ।
अनि पो लाग्छ म पनि तिमी जस्तै बौद्धिक विलासिता को श्रोत हुन पुग्दै छु।
सपनाको शहरमा, आगन नभएको घरमा
हामी अनन्त गन्तव्यको यात्रीहरु
भिक्षाटनको निम्ति आएको छौ।
मसानघाटमा हाम्रो क्षणभरको विश्राम हुनेछ
अनि पो लाग्नेछौ संगै युटोपियन संसारमा।
पुर्णविराम नभए सम्म।
-सत्यम राई