कालोपर्दा सम्वाददाता – स्थानीय चुनाव नजिकिंदै जाँदा तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वार्ड नं २ का स्वतन्त्र भनिएका युवाहरुबिच वादविवाद चर्किएको छ। वसन्तपुरको स्थानीय युवा सुमन लिम्बुको नेतृत्वमा निर्माण भएको स्वतन्त्र युवाहरुको समूह नामक समूहले आफूहरुको एजेण्डा र नेकपा एमालेको एजेण्डा विचमा सहमत भएको हुदा वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा लालीगुराँस नगरपालिको विकास र समृद्धिका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई सहयोग र मतदान गर्ने निर्णय गरेको भनी वैशाख २५ गते एक प्रेस विज्ञप्ती जारी गरेको थियो। ५४ जना स्थानीय युवाहरुले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा २०७९ बैशाख २२ गते नेकपा एमालेसंग बैठक बसी लालीगुराँस नगरपालिकाको विकास र समृद्धिको बारे छलफल गर्ने गरी भेलामा उपस्थित हुदाँ नेपाली कांग्रेससंग विकास र समृद्धिका कुनै पनि ठोस योजना नभएको र उक्त एजेण्डामा छलफल गर्न नचाहेको आरोप लगाइएको थियो। समुहका एक सदस्यले पोस्ट गरेको भिडियोमा हस्ताक्षर स्थलमा नेकपा एमाले का नेता तथा प्रदेश १ का पुर्व पर्यटन मंत्री लक्ष्मण तिवारी लगायत अन्य स्थानिय एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको देख्न सकिन्छ ।
समुहले लालीगुराँस नगरपालिकाको विकास र समृद्धिको सन्दर्भमा राजनितिक पार्टीहरुको धारणा बुझ्नु पर्छ भन्ने मनसायले २०७९ बैशाख १८ गते बैठक बसी लालीगुराँस नगरपालिकाको सक्रिय २ ठुला राजनितिक दल नेकपा एमाले र नेपाली कांग्रेससंग संवाद र छलफल गर्ने निर्णय गरेको थियो। प्रेस विज्ञप्ति जारी भएसँगै सामाजिक संजालमा वादविवाद , आलोचना तथा समर्थन आएको थियो। लालीगुराँस नगरपालिकाका कांग्रेस समर्थकहरुले यस घटना को आलोचना गर्दै विज्ञप्ति जारी गर्ने नेतृत्व स्वतन्त्र नभई एमाले निकट तथा हस्ताक्षर गर्ने केहि युवाहरु एमाले कार्यकर्ताका परिवारका सदस्य रहेको र नियोजित तरिकाले यस कार्य अगाडी बढेको भनी खण्डन गरेका थिए ।
युवा समुहले विज्ञप्ति जारी गरेको २ दिन पछि अर्थात वैशाख २७ गते, २५ गतेको प्रेस विज्ञप्तिमा ३६ जना युवाहरुको समुहले एक विज्ञप्ति जारि गरेको छ । उक्त विज्ञप्ति अनुसार २४ गते नेपाली कांग्रेससंग सम्बाद र छलफल गर्ने भनि आयोजना गरिएको भेलामा आफ्नो एजेन्डा राख्नुको सट्टा स्वतन्त्र युवाहरुको समुहको नेतृत्वले पुर्वाग्रहि र नियोजित ढंगले नेपाली कांग्रेसका शिर्ष नेता लगायत उमेदवारहरुसँग छलफल र सम्वाद गर्न नचाहि भेटघाट सम्म पनि नगरी हिँडेको उल्लेख छ। स्वतन्त्र भनिएको नेतृत्व पङ्तीनै नेकपा एमालेबाट परिचालन गरिएको हो भन्ने बुझाई रहेको भन्दै उनीहरुले विज्ञप्ति जारि गरेका थिए । आज प्रेस विज्ञप्ति निकालेका युवाहरुको समुहले नेपाली काँग्रेसका शिर्ष नेताहरु र उमेदवारहरुसँग आफ्नो कुरा राखी छलफल गर्दा युवाहरुको माग र एजेन्डा माथी सम्बोधन गर्ने प्रतिबद्दता गरेको र समृद्ध लालीगुराँस नगरपालिकाको परिकल्पना सहित यस वडाको बसन्तपुर बजारलाई शिक्षा, रोजगार, शिपमुलक कार्यक्रम, खेलकुद विकास लगायत नमुना पर्यटकिय बजारको रुपमा रुपान्तरण गर्ने आगामी योजना सहित जुझारु युवाहरुका साथ अगाडी बढ्न नेपाली कांग्रेस स्पष्ट सहमत भएको हुँदा २५ गते जारी भएको प्रेश विज्ञप्तीमा वास्तविकता थाहा नदिई सहमति विनै आफ्नो नाम र हस्ताक्षर किर्ते गरीएको कुरालाई खण्डन गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै समुहले आसन्न स्थानिय तहको निर्वाचनमा लालीगुराँस नगरपालिकाका नेपाली काँग्रेसका उमेद्वारहरुलाई सहयोग गर्ने सहमति भएको जनाएको छ।
स्वतन्त्र युवाको नाममा लालीगुराँस नगरपालिकामा राजनीतिक खेल भएको स्पस्ट बुझ्न सकिन्छ ।