काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडाध्यक्षमा एमालेका सुरेन्द्र लामाको प्यानल विजयी भएको हो
त्यसैगरी मेयरमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता कायम गरेका छन्। उनले ७ सय ७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत प्राप्त गरेका छन्।
बुढानिलकण्ठको उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेकी उम्मेदवार अनिता लामाले ८ सय १२ मत ल्याउँदा कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मत मात्रै प्राप्त गरेकी छन्।