नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका छन् ।
तामाङको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका थिए भने नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको छ। वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।