एजेन्सी – भारतस्थित मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेर बढीका कलाकारलाई सुरक्षाका दृष्टिकोणले सुटिङमा रोक लगाउने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिम वृद्धवृद्धा तथा बालबालिकामा बढी हुने हुदा यो निर्णय गरिएको हो । ६५ वर्षभन्दा बढीका कलाकारले भने यो निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन्।
महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ।