ताप्लेजुङ — ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष र सदस्यहरू एमालेको प्यानलै विजयी भएका छन् ।
एमालेका मनोजकुमार तुम्वाहाम्फे ४ सय ५६ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी रुख चिह्न लिएर उठेका नेकपा (एस)का ठाकुरसिंह लिम्बुले ३ सय २४ मत प्राप्त गरेका छन् ।