कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् ।
विजयी भएका डम्मर शाहीले ६ सय ४३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत ल्याएका छन् ।
यसैगरी माओवादी केन्द्रका सदस्य थलबहादुर पुन, खुला सदस्य दिलबहादुर डाँगी, महिला सदस्य अनिता बुढाथोकी र दलित महिला सदस्य रीता विक विजयी भएका छन्।
कुमाख गाउँपालिका वडा नं २ मा पनि वडा अध्यक्षसहित पूरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।