विराटनगर – विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्ने क्रममा विराटनगर महानगरपालिका–३ की २२ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको हो । केही दिनअघि भारतबाट आएकी ती महिलालाई महानगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । ती महिलालाई महानगरपालिकाले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र पठाएको छ ।
यो संगै विराटनगरमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । संक्रमितहरू विराटनगर महानगरपालिका, रंगेली, रतुवामाइ, सुनवर्षी, सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिका रहेका छन ।