विराटनगर – आज नेपालमा थप २ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानाकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । संक्रमित २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । जसमध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । २ हजार ९ सय ६८ जनाको देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।